
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । ललितपुरको ठेचोमा आज सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको दर्शन गर्नुभएको छ । ठेचो नवदुर्गा भवानीको १२ वर्षे जात्रामा राष्ट्रको प्रमुखले दर्शन गर्ने चलन रहेको नवदुर्गा भवानी गुठीले जानकारी दिए ।
आज ललितपुरको ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्राको क्रममा श्वेतभैरवको नृत्य देखाइने भएको छ । नवदुर्गा भवानी गुठीका अनुसार आज सोमबार दिउँसो १ बजेपछि श्वेतभैरवको नृत्य हुने गुठीका नाइके भक्तलाल मालीले बताए ।
श्वेतभैरवको नृत्य १२ वर्षमा एक पटक मात्र देखाउने गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij