
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–५, सिटबरैलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बारबर्दिया–२, जोगीगाउँका ३२ वर्षीय श्यामकिशोर थारु रहेका छन् । सोही मोटरसाइकलमा पछाडि सवार ४५ वर्षीय बालकिसन थारु घाइते भएका भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
पदनाहबाट बनघुस्रीतर्फ जाँदै गरेको भे११प ३७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय बनियाभारले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij