Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उत्कृष्ट ट्राफिक व्यवस्थापनको काम, नरेशलाई सम्मान !

उत्कृष्ट ट्राफिक व्यवस्थापनको काम, नरेशलाई सम्मान !

  • काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक नरेश शाहीलाई ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कार प्रदान गरेको छ । सोमबार ६७ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमा उनलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सो पुरस्कार प्रदान गरेका हुन् । 

    images
    images
    images

    शाहीलाई नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसाथ गर्दै सुरक्षित सडक तथा यातायात व्यवस्थापनमा कुशल व्यावसायिक क्षमता प्रदर्शन गरेको भन्दै कदर स्वरुप उत्कृष्ट ट्राफिक व्यवस्थापन पुरस्कार प्रदान गरिएको हो । शाहीले ट्राफिक सचेतना सम्बन्धीको गीत 'रातो बत्ती, हरियो बत्ती' लेख्नुका साथै आफैले स्वर समेत दिएका छन् । यस अघि पनि उनले गीत-संगीतलाई माध्याम बनाएर ट्राफिक सचेतनाका थुप्रै कार्यक्रमहरु चलाउने गरेका थिए ।

    हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक शाही यस अघि महानगरीय ट्राफिक प्रहरी परीसर सातदोबाटो ललितपुरमा प्रमुखका रुपमा कार्यरत थिए । ललितपुरमा कार्यरत हुँदा ट्राफिक जनतेतना फैलाउनुका साथै जिल्लामा ट्राफिक दुर्घटना न्युनिकरण र राजस्वमा समेत उल्लेखनिय वृद्धी गराएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij