
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । आज मंगलवार ललितपुरमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनाव परिचालन एवं प्रचारप्रसार अभियान अन्तर्गत गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्न लागेका हुन् ।
कार्यक्रमलाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij