Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुनाकोठीमा पिङ्ग पूजाको रौनक (फोटोफिचर)

सुनाकोठीमा पिङ्ग पूजाको रौनक (फोटोफिचर)

  • ललितपुर । ललितपुर महानगरपालिका २७ सुनाकोठीमा आज पिङ्ग (पिठ) पूजा भएको छ । पिङ्ग (पिठ) पूजा सिकमी धाः बाजाको आयोजनामा भएको हो । उक्त पूजामा १८ बाजाहरु रहेको आयोजकले जानकारी दिए ।

    images
    images
    images

     सिकमी धाः बाजा सुनाकोठीका बाजा मध्ये पुरानो र सबै भन्दा अग्रता दिएको सिकमी धाः बाजाका अध्यक्ष मान भक्त महर्जनले बताए । ४० दिनसम्म प्रत्येक दिन साँझ दिप प्रज्वल दिनेलाई पिङ्ग (पिठ) पूजा बुझिन्छ । 

    कोभिडको कारणले रोकिएको पिङ्ग (पिठ) पूजा ४ वर्ष पछि संचालन गरिएको हो । कला, संस्कृति तथा चिवहाल (चैते) बाट शक्ति प्राप्त हुने विश्वासले दिप प्रज्वल गरिन्छ ।

     यस्तै, उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कला, संस्कृति सम्पदाको संरक्षण र विकासमा स्थानिय तहबाट पनि सहयोग गरेर कला संस्कृतिलाई माया गर्नुपर्ने बताइन् । कला संस्कृति सम्पदा संरक्षणका लागि अक्षय कोषहरुको खडा गरी त्यसको ब्याजबाट अगाडि बढ्नु पर्ने बताइन् ।

    ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कला, संस्कृतिका लागि सहयोगमा कुनै कमी नहुने जानकारी दिए ।  

    311260170_1283626532387101_2286530649983783451_n.jpg

    311461791_1236460850245096_5208906976550052137_n.jpg

    311492092_1228794254643106_2847241242685195429_n.jpg

    310226244_416081800690103_2914616196679448565_n.jpg

    311260170_1483049662179659_3239270435344968792_n.jpg

    311867150_1869523390048325_6379642303587632826_n.jpg

    311431729_885584326180808_6497005232262268853_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij