Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

बुंगमतीमा शनिबार ‘बुंग महोत्सव’

बुंगमतीमा शनिबार ‘बुंग महोत्सव’

  • ललितपुर । बुंगमतीमा 'बुंग महोत्सव' आयोजना हुने भएको छ। सांगितिक र साहित्यिक माहोलबिच बुंगमतीको इतिहास र संस्कृति चिनाउन सो महोत्सव आयोजना हुन लागेको हो । 

    images
    images
    images

    महोत्सवमा लाइभ म्युजिक, नेवारी खाना, नेवारी वास्तुकलाको प्रदर्शनी रहने ‘इकोज इन द भ्याली’ का सहसंस्थापक भूषण शिल्पकारले बताएका छन् । महोत्सवमा प्रवेश गर्न कुनै शुल्क लाग्दैन भने बालबालिकाको लागि कथा कथन, बोर्ड गेम र बडि आर्टको व्यवस्था गरिएको छ ।

    images

    इकोज इन दी भ्यालीको आयोजनामा हुँदै गरेको यो महोत्सवमा बर्ता गन्धर्व, कल्पकुञ्ज, कन्त दबदब, कुटुम्ब, दी नाइट, पञ्चामृत र रैथानेले प्रस्तुती दिनेछन् । बुंगमतीमा रहेका मुर्त तथा अमुर्त सम्पदाहरू र हराउँदै गएका परम्परागत संङ्गित उजागर गर्ने र पुनरोत्थान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij