
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ‘ललित कार्निभल’ को आयोजना गरिएको छ । ललितपुर महानगरपालिका तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा पाटन दरबार क्षेत्र, मंगलबजारमा सो सांस्कृतिक मेला आयोजना भएको छ ।
दिउँसाे १ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति, बत्ती काट्ने चर्खा, धातु काठ तथा ढुंगाको मूर्तिकला लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रदर्शनी र प्रत्यक्ष जानकारी दिइएको छ ।
साझँ ५ बजे ललितपुर महानगरपालिकाको पयर्टनसँग सम्वन्धित वेवसाइटको लोकार्पण, साझँ साढे ५ बजेदेखि ७:३० बजेसम्म ५०० भन्दा धेरै कलाकारहरुले परम्परागत संगित तथा नृत्यको प्रस्तुति पनि रहेको छ । त्यस्तै ७:३० बजेपछि परम्परागत नेवारी भोजको कार्यक्रम समेत रहेको छ ।
विश्व पर्यटन दिवसको अवसरमा आज बिहान ८ बजे पाटन दरबार क्षेत्र आउने पर्यटकलाइ स्वागत एवम सत्कार समेत गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij