
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । बागलुङमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौं-पोखरा हुँदै बागलुङ जाँदै गरेको बा४ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा आउँदै गरेको ग१च ९२७३ नम्बरको बसले मालढुंगा नजिकै ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते हुनेहरूमा काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका ३९ वर्षीय गङ्गाबहादुर कामी, सिगानाका ५३ वर्षका रामेन्द्र खड्का, २० वर्षकी गौरी खड्का, काठेखोला गाउँपालिका वडा नं. २ की २४ वर्षकी तारा पौडेल, २५ वर्षकी आरती गौतम, १९ वर्षका सागर बोहोरा र बागलुङ नगरपालिका वडा नं. ११ की १९ वर्षकी सुजता शाक्य रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र गिरीका अनुसार घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ भने अन्य घाइतेको अवस्था सामान्य भएको र धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij