
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बृहत कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
ओली समूहले शनिवार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेला गर्न लागेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उक्त भेलालाई प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादल, नेताहरु ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं जिल्ला कमिटीले जनाएको छ ।
यसअघि ओली पक्षले बुधवार (हिजो) सुदूरपश्चिमको अगुवा नेता तथा कार्यकर्ता भेला गरेको थियो ।
संसद विघटनपछि नेकपा दुई भागमा विभाजन भइ कार्यक्रमहरु गरिरहेका छन् । एक समूहको नेतृत्व ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गरिरहेका छन् ।
संसद विघटनविरुद्ध प्रचण्ड(नेपाल समूहले देशभर विरोध प्रदर्शन गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij