
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तत्काल प्रभावबाट राजीनामा दिन भनेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्टमा भनेका छन् , “धेरै ढिलो भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ !”
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षको रूपमा मनोनित गरेका थिए । ट्रम्पले ब्याजदर कटौती नगरेकोमा पावेलको बारम्बार आलोचना गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन ।
पावेलको बारम्बार आलोचना गरे तापनि, राष्ट्रपतिले यस वर्षको सुरुमा भनेका थिए “पावेललाई बर्खास्त गर्ने उनको कुनै मनसाय छैन ।”
ट्रम्पले आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाओस् भन्ने चाहन्छन् । यसैबीच, पावेलले मंगलबार भने – यदि ट्रम्पको ट्यारिफ नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुन्थ्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij