
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको झरुवाराशीबाट केही दिनअघि हराएकी बालिका आरुबोट बस्ने वर्ष १४ की प्रज्ञा खड्का भारतको मोतिहारीस्थित बलुवामा फेला परेकी छिन् । महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार गोदावरी १३ झरुवाराशीबाट हराएकी बालिका खड्कालाई नेपालबाट प्रहरी सहितको टोली भारत पुगेर ल्याएको हो ।
उनी चिनजानका मानिससँगै भारत पुगेको प्रहरीको भनाई छ । उनलाई सकुशल नेपाल ल्याई शुक्रबार परिवारलाई जिम्मा लगाइएको डिएसपि द्धारिका घिमिरेले पुष्टि गरे । उनलाई खोज्न नेपाल प्रहरीले मोवाइलको सिग्नलबाटको अनुसन्धान गरेको थियो ।
उनी विद्यालयको पोशाकमा कालो झोला बोकेर उनी घरबाट निस्केको पारिवारिक श्रोतले बताएको थियो । सामाजिक अभियन्ता वेबी राजभण्डारीले आफूहरु बालिकाको खोजतलासमा निरन्तर लागिरहेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij