
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । नक्कली सरकारी कागजात बनाई अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिएको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली ११ घर भई चाबहिल बस्दै आएका २० वर्षीय मनिष श्रेष्ठ, दुधौली ४ घर भई तीनकुने काठमाडौं बस्ने २० वर्षका मनिष लामिछाने, दुधौली १४ का २१ वर्षीय टुल्कुसिंह तामाङ, कालिकोट महबई १ घर भई भक्तपुर कटुन्जे बस्ने २४ वर्षका ईन्द्रबहादुर बानियाँ र गोरखा भीमसेनस्थान १ का २२ वर्षीय राजकुमार श्रीमल रहेका छन्।
उनीहरूको साथबाट नक्कली नागरिकता, पासपोर्ट, प्रवेश पत्र, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसमेत बरामद गरेको प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij