Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । सुनाकोठी बुदोकैदो क्लबका निर्जल तामाङ बागमती प्रदेशको खेल प्रतियोगितामा जित हासिल गरेको छ । पोखरामा हुन गईरहेको नवौँ राष्ट्रिय खेलको छनौट प्रतियोगितामा ललितपुर जिल्लाबाट ४० के.जि तौल ग्रुपमा प्रथम भई बागमति प्रदेश छनौट प्रतियोगितामा पनि पहिलो राउन्डमा रामेछाप जिल्लाका प्रथम भएका खेलाडिलाई पराजित गरेकाे थियो।
दोस्रो राउन्डमा काठमाडौं जिल्लाका प्रथम भएका खेलाडिलाई पनि पराजित गरि तेस्रो राउन्डमा काभ्रे जिल्लबाट छनौट भएर आएका खेलाडिलाई नकआउट गराउन सफल भई नवौँ राष्ट्रिय खेलको लागि योग्य ठहरिन सफल भएको छ।
तामाङ बागमती प्रदेशको खेल प्रतियोगिताको पहिलो राउन्डमा नै घाईते भै भएता पनि आफ्नो आत्मबल नघटाई तिनै राउन्डको खेल जित्न सफल भएको सुनाकोठी बुदोकैदो क्लबकी सल्लाकार सुनिता खड्काले बताइन् ।
ललितपुर जिल्लाकै फुलकन्ट्यक कराते गेममा नाम राख्न सफल तामाङलाई अब राष्ट्रिय खेलको लागि तयार पार्न अझ थप प्रशिक्षण र खुराकको व्यवस्था तिर लागेको सुनाकोठी बुदोकैदो क्लबका अध्यक्ष विक्रम महर्जनले बताए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij