Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

एक करोड बराबरको अवैध सामान बरामद

एक करोड बराबरको अवैध सामान बरामद

  • काठमाडौँ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित जङ्गलमा गरेको सवारी साधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो ।

    images
    images
    images

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ५१६८ नंको ट्रकबाट रु एक करोड २६ हजार नौ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार रहेको छ ।

    images

    उक्त ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए । बरामद सामान, ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको पाठकले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij