Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

१२ जुवाडे पक्राउ

१२ जुवाडे पक्राउ

  • काठमाडाैँ । जुवा खेलीरहेकाे अवस्थामा सर्लाहीबाट १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पौने तीन लाख रकमसहित उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

    images
    images
    images

    सर्लाहीको हरिवन नगरपालिका- २ स्थित कौडा खेलीरहेको सूचनापछि प्रहरीले छापा हान्दा १२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हाे।

    प्रहरीले जुवाको खालबाट २ लाख ७१ हजार ६०० नेपाली रुपैयाँ, २५० भारतीय रुपैयाँ, कौडा ४ पिस, तास ४ पिस, पाउडर २ बट्टा, ओछ्याउने कारपेट २ थान, काठको तक्था ४ थान, हुक्का १ थान, सानो ईन्भटर १ थान र ८ वटा मोबाइल बरामद गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

    प्रहरीले जुवा खालबाट महोत्तरीको बर्दिबास नगरपालिका-८ का २९ वर्षीय हिराबहादुर श्रेष्ठ, औरही नगरपालिका- २ का ३८ वर्षीय हरिनारायण महतो, सर्लाहीको हरिवन- २ का ४९ वर्षीय टीकाप्रसाद घिमिरे, लालबन्दी नगरपालिका -१ का ३४ वर्षीय चान्द खाँ, हरिवन २ का ३० वर्षीय भिम लामा, कोडैना गाउँपालिका- २ का ५४ वर्षीय चुनीलाल चौधरी पक्राउ परेका छन्।

    यस्तै हरिवन नगरपालिका- १ का ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, वडा नं. २ का ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङ, पर्सा प्रसौनीभाठा नगरपालिका- २ का ५४ वर्षीय पानालालप्रसाद साह र धनुषाको मिथिला बिहारी नगरपालिका- ७ का ५९ वर्षीय ईश्वरी साह रहेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij