Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुर महानगरमा कर्मचारी भर्ना रोक्न उच्च अदालतको अन्तरिम आदेश

ललितपुर महानगरमा कर्मचारी भर्ना रोक्न उच्च अदालतको अन्तरिम आदेश

  •  ललितपुर ।  ललितपुरउच्च अदालत पाटनले ललितपुर महानगरपालिकालाई अन्तरिम आदेश दिँदै कर्मचारी भर्ना नगर्न भनेको छ। महानगरपालिकाले आफ्नो महानगरभित्रका २९ वटै वडाभित्र करारमा प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय गरेको थियो। 

    onlinepatrika
    Arghakhachi

    अदालतको आदेश लगत्तै महानगरपालिकाले प्रेस विज्ञप्तिमार्फत पुस १६ गते हुन लागेको मौखिक तथा प्रयोगात्मक परीक्षा स्थगन भएको सूचना जारी गरेको छ।  महानगरले करार सेवाका लागि विभिन्न पदमा भर्ना गर्न लागेको थियो ।सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक इन्जिनियर, जुनियर आर्किटेक, कम्प्युटर अपरेटर लगायतका लागि भर्ना खुलाएको थियो। महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र योग्य प्राविधिकको अभाव खड्किएको बताउदै आएका छन्। उनले महानगरभित्रका २९ वटै वडामा कम्तीमा दुईजना इन्जिनियर चाहिएको बताउदै आएका छन्।  

    AGNI GROUP

    मेयरले मनोमानी निर्णय गरेको आरोप महानगरपालिकाको बोर्ड सदस्यको छ।  १५ वडाका अध्यक्ष सुदर्शन मिश्रका अनुसार मेयरले उत्र निर्णय पटकपटक फिर्ता लिन अस्वीकार गरेका हुन्। 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij