
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप भएको थियो । सो झडपमा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
उनका अनुसार, स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको, मृतकको टाउकोमा गम्भीर चोट भएको र घटनामा संलग्नको पहिचान र खोजी जारी रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij