Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

स्वास्थ्य कार्यालय ललितपुरको डेंगु सतर्कता सम्बन्धि सूचना

स्वास्थ्य कार्यालय ललितपुरको डेंगु सतर्कता सम्बन्धि सूचना

  • लामखुट्टेको टोकाईवाट बच्नु नै डेंगु रोगबाट बच्ने मुख्य उपाय हो ।

    डेंगु ज्वरो

    images
    images
    images

    (Dengue Fever)

    images

    परिचय

    डेंगु ज्वरो अरु मौसमी ज्वरो जर्तै हो । डेंगु भाईरसवाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईवाट यो रोग मानिसमा सर्दछ ।

    लामखुट्टेको बृद्धि विकास हुने स्थान

    images

    एडिज लामखुट्टे सफा जमेको थोरै पानीमा पनि फुल पार्दछ, खासगरि पानी जम्ने टिनका डब्बाहरु, प्लास्टिकका वोतल, प्लास्टिकका खोल, टायर, सीसी, अण्डाको बोक्रा, ड्रम, वाटा, बाल्टीन, फुलदानी, गमला, कुलर, पानीका ट्याङ्की आदीमा लगायत जुनसुकै पानी जम्ने भाँडा तथा स्थानहरु जस्तै छाना, कौसी, बरण्डा, ढल, नाली, कूलो, आदीमा फुल पार्दछ र यो लामखुट्टेको बृद्धि विकास हुन्छ ।

    लक्षणहरु

    डेंगुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखर ७ दिन सम्म रहन सक्छ । ज्वरोसंगै निम्न लक्षणहरु देखा पर्दछन् ।

    • बेस्सरी टाउको दुख्ने
    • आँखाको गेडि दुख्ने
    • हाडजोर्नी र मांसपेशीहरु र ढाड दुख्ने
    • शरिरमा विमिरा आउने
    • रिंगाटा लाग्ने
    • वाकवाकी लाग्ने/ वान्ता हुने

    डेंगु ज्वरोको उपचार

    • डेंगु भाईरसवाट हुने भएकोले यसको खास उपचार छैन । यो आफै निको हुन्छ ।
    • उच्च ज्वरो कम गर्न पारासीटामोल खाने ।
    • पानी/ झोलिलो तथथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने, पूर्णरुपमा आराम गर्ने ।

    बच्ने उपायहरु

    • लामखुट्टेको टोकाईवाट बच्ने ।
    • झुल लगाएर मात्रै सुत्ने ।
    • पुरा शरिर ढाक्ने लुगा लगाउनु पर्दछ ।
    • घरको झ्याल ढोकामा जाली लगाउने ।

    लामखुट्टेको बृद्धि विकास नियन्त्रण

    • आफ्नो घर वरिपरि, कार्यस्थल र सार्बजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्ने ।
    • पानी जमिहालेको खण्डमा हप्तामा दूई पटक जमेकफ पानी फाल्नु पर्दछ ।
    • पानीको स्रोत ढाकेर राख्नु पर्दछ ।
    • घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डीलाई पुरिदिने ।
    • गमला राखेको प्लैटमा जमेको पानी हप्तामा दूई पटक फालेर प्लेट सफा राख्ने ।
    • काम नलाग्ने भाँडा कुँडा, सिसी, वोतल, प्लाष्टिकका सामाग्री, टायर आदीको पानी जम्न नमिल्ने गरि बिषर्जन गर्ने ।

    सतिस विष्ट
    प्रमुख

    स्वास्थ्य कार्यालय, ललितपुर 
    वागमती प्रदेश नं. ३
    मानभवन, ललितपुर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij