
Jun 08 2025 | २०८२, जेठ २५ गते
डेंगु ज्वरो (Dengue Fever) बाट बच्ने उपायहरु
– लामखुट्टेको टोकाईबाट बच्ने । – झुल लगाएर मात्रै सुत्ने । – पुरा शरिर ढाक्ने लुगा लगाउनु पर्दछ । – घरको झ्याल ढोकामा जाली लगाउने ।
लामखुट्टेको बृद्धि विकास नियन्त्रण
– आफ्नो घर वरिपरि र सार्बजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्ने । – पानी जमिहालेको खण्डमा हप्तामा दुई पटक जमेको पानी फाल्नु पर्दछ । – पानीको स्रोत ढाकेर राख्नु पर्दछ । – घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डीलाई पुरिदिने । – गमला राखेको प्लैटमा जमेको पानी हप्तामा दुई पटक फालेर प्लेट सफा राख्ने । – काम नलाग्ने भाँडा कुँडा, सिसी, वोतल, प्लाष्टिकका सामाग्री, टायर आदीको पानी जम्न नमिल्ने गरि बिसर्जन गर्ने ।
विकासमान श्रेष्ठ
वडाध्यक्ष, वडा. नं. ५ को कार्यालय, ललितपुर महानगरपालिका
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij