Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

दुर्घटनामा प्रहरी हवल्दारको गयो प्राण

दुर्घटनामा प्रहरी हवल्दारको गयो प्राण

  • काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु र तीन जना घाइते भएका छन् ।  सो दुर्घटनामा परी मृत्यु हुनेमा स्कुटर चालक काठमाण्डौकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र स्कुटरको पछाडी बस्ने ३१ वर्षीय सुरेश राई उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । मोटरसाइकलमा पछाडी बस्ने भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।  बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij