
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर । गोदावरी नगरपालिकाले ठेचोमा बन्दै र बनिसकेका भौतिक संरचना भत्काउने भएको हो । ठेचोमा भइरहेको १२ वर्षे मेलाको कारण भोज खुवाउन संरचना भत्काउन लागिएको हो । भोजको लागि चाहिने आवश्यक ठाउँमा बनेका पर्खाल, शौचालय र घरहरुलगायतका सम्पूर्ण संरचना भत्काइने वडाध्यक्ष जगतबहादुर महर्जनले बताए ।
नवदुर्गा गुठीयार र १२ बर्षे जात्रा मुल व्यवस्थापन समितिमा भएको छलफलबाट परम्परागत ठाउँमा नै राखेर भोज खुवाउने निर्णय भएको हुनाले सूचना जारी गरेर संंरचना भत्काउन लागिएको हो । देवगणलाई परम्परागत ठाउँमा राखी भोज खुवाउने दिन असोज २४ गते परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij