Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश ढकालको सरुवा भइसके पनि जिल्ला हाँकिरहेका छन् । उनको स्थानमा नयाँ अधिकारीको नियुक्ति भइसकेको छैन । गृह मन्त्रालयका स्रोतअनुसार ललितपुरका सम्भावित प्रमुख जिल्ला अधिकारीका लागि दुई नाम चर्चामा छन् ।
गणेश अर्याल र प्रेमप्रसाद भट्टराईलाई मन्त्रालयले प्राथमिक सूचीमा राखेको बताइए पनि अन्तिम निर्णय भने अझै भएको छैन । ललितपुर जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षादेखि लिएर नागरिक सेवासम्मका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने गर्छ। गृह मन्त्रालयले सरुवा प्रक्रिया अघि बढाए पनि केही कारणले ललितपुरका लागि अन्तिम टुंगो लगाउन ढिलाइ भइरहेको देखिन्छ। मन्त्रालय स्रोतका अनुसार, अर्याल र भट्टराईमध्ये कसलाई पठाउने भन्ने विषयमा छलफल जारी छ।
गणेश अर्याल र प्रेमप्रसाद भट्टराईलाई मन्त्रालयले प्राथमिक सूचीमा राखेको बताइए पनि अन्तिम निर्णय भने अझै भएको छैन ।
यसैबीचमा, रमेश ढकाल निरन्तर कार्यालयमा हाजिर भइरहेका छन्। सरुवा भइसके पनि जिम्मेवारी हस्तान्तरण नहुँदासम्म उनले कार्यभार सम्हालिरहनुपर्ने हुन्छ। आइतबार साँझ अनलाइन पत्रिकासँग कुरा गर्दै सिडिओ ढकालले सरुवाको पत्र आइसकेको बताउँदै भने, ‘मैले जिम्मेवारी वहन गरिरहेकै छु, गृहलाई मौखिक सोधेको छु, म कहिले जाने ?’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij