
Apr 08 2025 | २०८१, चैत २६ गते
ललितपुर । ललितपुरको जिल्ला समन्वय समिती हलमा आज मतदाता नामावली अद्यावधिक (दावी विरोध) सम्बन्धि अन्तक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला प्रशासन कार्यलयका प्रमुख (प्रजिअ) घनश्याम उपाध्याय रहेका छन् ।
उनले कार्यक्रममा बोल्दै निर्वाचनको सहजिकरणको लागि सञ्चारकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको बताए । उनले भने, ‘नागरिकता त्याग, बसाइँसराई, मृत्यु तथा अन्य वडाबाट सुविधा लिएका मतदातालाई सहयोग र सहजिकरण गर्ने ।’
यस्तै, जिल्ला निवार्चन कार्यालय ललितपुरकी प्रमुख गोमा धमाल घिमिरेले निर्वाचन आयोगले दिएको कार्यतालिका प्रस्तुत गरिन् । उनले भनिन्, ‘२०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ललितपुरमा १ लाख १८ हजार ९ सय ३३ जना पुरुष मतदाता तथा १ लाख २४ हजार ९ सय ५० महिलासहित अन्य १ जना मतदाता रहेका थिए ।’
उनले २०७९ असार ३० देखि साउन १९ सम्म मतदाता नामवली संकलन गर्दा ३ हजार ६ सय ३९ पुरुष र ३ हजार ५ सय ८६ महिला मतदाता थप भएको जानकारी दिइन् ।
निर्वाचन आयोगले प्रचारप्रसारका लागि एफ. एम. रेडियोलाई १५००० पनि दिएको निर्वाचन आयोगका प्रमुखले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij