Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

गुराँस लाईफले ७.४४ प्रतिशत बोनस सेयर दिने

गुराँस लाईफले ७.४४ प्रतिशत बोनस सेयर दिने

  • काठमाडाैँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.३९ प्रतिशत नगद लाभांश पनि खर्च गर्नेछ। कम्पनीले ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशतले हुन आउने ८१ लाख ६४ हजार २१०.५३ रुपैयाँ नगद लाभांश दिने भएको हो ।

    AGNI GROUP

    प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्तापुँजी दुई अर्ब आठ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ।

    received_2194872560679304-218x300.webp

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij