Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

घुसेल सामुदायिक साकोसको नवनिर्मित भवन उद्घाटन

घुसेल सामुदायिक साकोसको नवनिर्मित भवन उद्घाटन

  • ललितपुर । बाग्मती गाउँपालिका १ घुसेलमा अवस्थित घुसेल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बाग्मती प्रदेश सभा सांसद चेतनाथ सञ्जेलको संसद विकास कोष तथा प्रदेश सरकार बाट प्राप्त भएको ३३ लाख ९५ हजार रकमबाट निर्माण भएको उक्त भवन सोमबार सांसद सञ्जेलले उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    संस्थाको आन्तरिक श्रोतसमेत गरी कुल ६० लाखको लागतमा सहकारीको ३ तल्ले पक्की भवन निर्माण भएको संस्थाका अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिएका छन् ।

    images

    २०५४ सालमा ग्रामीण भेगका किसान जनतालाई सहकारीको माध्यमबाट आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको संस्थामा हाल ५२५ शेयर सदस्य आबद्ध छन् भने संस्थाको शेयर पुँजी ९ करोड बराबर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij