
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर। ललितपुर महानगरपालिकाले सडकमा रहेका सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिक(रबर)का डिभाइडर प्रयोगमा ल्याएको छ । महानगरका मेयर चिरिबाबु महर्जनको निर्देशनमा महानगर प्रहरीले डिभाइडर परिवर्तन गरेको हो ।
नगर प्रहरीले सोमबार सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिक(रबर)का डिभाइडर प्रयोगमा ल्याएको नगरप्रमुख सिताराम हाछेथुले अनलाइन पत्रिकालाई जानकारी दिए । उनले सडक दुर्घटना हुन नदिन, ट्राफिक व्यवस्थापन र सुन्दरताका लागि प्लाष्टिक (रबर)का डिभाइडर राखेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij