Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

प्रहरीद्वारा लौङ्गिक हिंसाको अन्र्तक्रिया कार्यक्रम 

प्रहरीद्वारा लौङ्गिक हिंसाको अन्र्तक्रिया कार्यक्रम 

  • ललितपुर । सामुदायिक विकास केन्द्र तिखेदेवलको आयोजनामा लौङ्गिक हिंसाको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सामुदायिक विकास केन्द्र तिखेदेवलका अध्यक्ष डा. गोविन्द प्रसादको आतिथ्यतामा भएको हो ।

    images
    images
    images

    प्रमुख अतिथि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक यज्ञ विनोद पोखरेल रहेको छ । कार्यक्रममा बोल्दै पोखरेलले महिला हिंसा पहिलेको भन्दा धेरै सुधार भएको र हिंसा बारे बुझन् जरुरी भएको बताए । उहाँले भने ‘मानिस सचेत भएमा हिंसा अन्त्य हुने र नकारात्मक कुरालाई समाजबाट हटाउनुपर्छ ।‘

    images

    यस्तै,  ललितपुर महानगरपालिका १४ का वडा अध्यक्षले लौङ्गिक हिंसा घरबाट नै हुने बताए । उनले वडा बाट अब आउने दिनमा बालबालिका, महिला, वृद्ध र एकल महिलालाई विभिन्न सहयोग र सहजीकरण कार्यक्रम गर्ने जानकारी दिए । 

    ललितपुर महानगरपालिका महिला विकास महाशाखा प्रमुख महेश्वरी विष्टले कसैलाई लौङ्गिक हिंसा बाट पिडित भएमा पाटन हस्पटिलको ४२ नं। मा आउन सकिने बताइन् । उनले भने , ‘पिडितको चेक, जाँच गर्ने र जसले पिडा दिएको हो उसलाई बोलाएर छलफल गर्ने ।’

    एकल महिला समूहकी अध्यक्ष सविना चामलिङ्गले यस संस्थाबाट एकल महिला एक्लोपन भएर बस्न नपर्ने र एकल महिलालाई लक्ष्ति बनाएको बताइन् । उनले, वडाबाट पनि एकल महिलालाई हेर्नुपर्ने र वडाको सहयोग भएमा एकल महिला उन्नति हुने जानकारी दिए । 

    images

    कार्यक्रममा विशेष अतिथि सातोबाटो प्रमुख प्रहरी नायव उपरीक्षक प्रमुख प्रहरी नायव उपरीक्षक मदन के.सी , सगरमाथा आरोही कल्पना महर्जन, अन्र्तराष्ट्रिय सहयोग संजाल अध्यक्ष उमा बुढा उपस्थित रहेका छन् । 

     

    298759459_748792636400073_5849456718131450709_n.jpg

    298555128_1214066899431198_7088517308055597190_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij