
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटे (नेप्से) का अनुसार आज सेयर बजार २७.९२ अंकले घटेको हो । १.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१०.०१ अंकमा झरेको छ। आइतबार १ अर्ब ८७ करोड बराबरको सेयर कारोबार भयो। आज २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँमा खरिदबिक्री भयो।
आज ट्रेडिङ, फाइनान्स,लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट समूहको सूचक २.७२ प्रतिशतले ओरालो लाग्यो। डेभलपमेन्ट, हाइड्रोपावर, अदर्श र माइक्रो फाइनान्स समूहको १ प्रतिशत बढिले सूचक घट्यो। सेयर बजारमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढ्यो।
बजार घटेको दिन आज सबै समूह रातम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २३३.६८ अंकले घटेको हो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरीको १६ करोड बढिको सेयर कारोबार भयो। ११ करोड बढिको सेयर कारोबार गरी नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रह्यो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij