Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौं । अब खल्तीले मुभी टिकट खरिद अझ सजिलो बनाउनको लागि क्यूएफएक्स संग साझेदारी गरेको छ । खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै खल्ती मार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् । यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसअघि क्यूएफएक्स को मुभी टिकट खरीद क्यूएफएक्स कै वेब साईट लग ईन गरि वा क्यूएफएक्स को एप बाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले सिधै खल्ती एप मार्फत मुभी टिकट खरीद गर्न सक्नेछन् । साथै क्यूएफएक्स को एप वा वेब बाट पनि टिकट खरिद गरि खल्ती बाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।
खल्ती एप भित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ। साथै खल्तीमा आफ्नो बैंक लिंक गरि प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाता बाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij