
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।विभागका अनुसार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij