
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । गोदावरी नगरपालिका -१४ ठैबमा निःशुल्क मनोसामाजिक परामर्श बारे जानकारी प्रदान गर्ने गरिएको छ । गोदावरी सरोकार संस्थाले मानसिक समस्याका साथै पीडा लिएर आउने व्यक्तिलाई सो ज्ञान दिने गरेको हो ।
संस्थाकी अध्यक्ष बेबी राजभण्डारीले हामीले हप्ताको मङ्गलबार र बुधबार मानसिक समस्याबाट पीडित व्यक्तिलाई उक्त तालिम दिने गरेको बताइन् ।
यसैगरी, गोदावरीका युवा तथा महिला र पुरुषको हितमा यही साउन १८ गतेदेखि आउँदो ३० गतेसम्म उद्घोषणकला तथा नेतृत्व विकास तालिम समेत आयोजना गरी आफूलाई समस्या पर्दा बोल्न सक्ने व्यक्ति खडा गर्ने गरेको राजभण्डारीले जानकारी दिइन् ।
सरोकारले लैङ्गिकका साथै महिला तथा मानसिक स्वास्थ्य एवं युवा प्रजननका साथै सिपमुलक र सौन्द्रर्य कला हुँदै चिप्स अनि दालमोठ आदि बनाउने ज्ञान समेत छरिरहेको राजभण्डारीको भनाइ छ ।
सोका अलवा संस्थाले हरेक व्यक्तिका परिवारमा राम्रो मेलमिलाप होस भनेर १० लाई अभिभावक शिक्षाको जानकारी समेत दिइसकेको प्रशिक्षक अनिता महर्जनले बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij