Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

  • काठमाडौँ । अमेरिकी डलरको भाउ आज सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ सोमबारभन्दा एक रुपैयाँले बढेको हो।

    onlinepatrika
    Arghakhachi

    जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा छ। यसअघि लगातार तीनदिनसम्म अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा थियो।

    AGNI GROUP

    आज युरोको रेट पनि बढेको छ । हिजो १२९ रुपैयाँ ४० पैसा रहेको युरो एकको खरिद दर आज १२९ रुपैयाँ ५९ पैसा रहेको छ। आज बिक्री दर १३० रुपैयाँ २० पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८३ पैसा र बिक्री दर १५४ रुपैयाँ ५६ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    Capture-6.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij