Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सार्वजनिक स्थलबाट सूर्तिजन्य पदार्थ बेचबिखन गर्नमा रोक 

सार्वजनिक स्थलबाट सूर्तिजन्य पदार्थ बेचबिखन गर्नमा रोक 

  • ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्र सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनको अग्रसरतामा सोमबारदेखि महानगरपालिकाले सार्वजनिक स्थलबाट सूर्तिजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएको हो ।

    images
    images
    images

    महानगरको नगर प्रहरी प्रमूख सीताराम हाछेथुले सोमबार पत्र पठाउँदैँ सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई उक्त कार्य नगर्न आग्रह गरेका हुन् ।

    हाछेथुसहितको टोलीले विभिन्न पसलहरुको अनुगमन गरेर प्रदर्शन तथा सजावट गरेका सूर्तिजन्य पदार्थसमेत हटाएको थियो । पत्रपछि यसको कार्यन्वयन नगर्नेलाई सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनअनुसार १० हजार रुपैयाँसम्म जरिवाना हुने उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij