Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नख्खु-भैंसेपाटी सडक निर्माण आजबाट शुरू

नख्खु-भैंसेपाटी सडक निर्माण आजबाट शुरू

  • ललितपुर । ललितपुरको नख्खुदेखि आवासगेटसम्मको सडक निर्माण आजबाट भएको छ । उक्त सड्क खण्ड ठेकेदारको लापरबाहीका कारण ६ वर्षदेखि अलपत्र परेको थियो ।

    images
    images
    images

    सड्क निर्माण नभएपछी भैसेपाटी क्षेत्रका स्थानीयले स्थानियहरुले शनिबारदेखि दैनिक तीन घण्टा बाटो बन्द गर्ने घोषणा गरेपछी प्रशासनले सरोकारबालासंग छलफल गरेको हो ।

    images

    जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्का, वडा नं. २५ का वडा अध्यक्ष दौलतकुमार खत्री र स्थानीयवासी सहितको बसेको बैठकले सोमबारबाट निर्माण सुचारु गर्ने निर्णय गरेको हो ।

    स्थानीयले विरोध जनाएसंगै जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको पहल र ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशीको समन्वयमा आइतबार समस्या समाधानका लागि बैठक बोलाइएको थियो । 

    दशैअघि कालोपत्रे निर्माण गर्ने सहमति भएसंगै स्थानिय आन्दोलनका कार्यक्रममा तत्काललाई स्थागित गरेका छन् । ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जोशीले सोमबार तत्कालै खाल्डाखुल्डी पुर्ने, पेटी निर्माण शुरू गर्ने र दशैभित्र नै कालोपत्र गर्ने सहमति भएको जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij