Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

थेचो १२ वर्ष मेलाको लागी तीव्र तयारी

थेचो १२ वर्ष मेलाको लागी तीव्र तयारी

  • ललितपुर । थेचो नबदुर्गा भवानीको १२ वर्ष मेलाको लागी मन्दिरको मुल डबलीमा निर्माणाधीन बल्चा (छाप्रो) बनाउने कार्य सम्पन्न भएको छ । उक्त छाप्रो बनाउनका लागि श्रावन १५ गते सामुदायिक वनबाट काठ दाउरा ल्याई नबदुर्गा प्राङ्गणको मुख्य डबलीमा ल्याएको थियो ।

    images
    images
    images

    नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले छाप्रोमा बसेर जात्राको तयारी गरिने बताए । उनले भने, यहाँ बसेर श्वेत भैरव नाचलगायत नाचको प्रशिक्षणलगायतका काम गरिन्छ ।

    images

    उनका अनुसार गथामुग चह्रेका दिन मन्दिरमा लगाइएको ताल्चा एक महिनापछि खोलिन्छ र त्यसपछि साइत हेरेर तीनपानेबाट काठ ल्याइन्छ । मुख्य जात्रा भने दशैतिरबाट मात्र सुरु हुन्छ । फुलपातीमा यज्ञ र बली दिइन्छ भने कोजाग्रत पूर्णिमाको भाेलीपल्ट भोज खुवाइन्छ ।

    जात्रा यसै वर्षको चैत्रतिर समापन हुन्छ । ३४ जना परिवार सदस्य रहेको गुठीले यो जात्रा आयोजना गर्ने गर्दछ ।

    297570335_296590386000657_2031195185718196439_n.jpg

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij