
Apr 12 2025 | २०८१, चैत ३० गते
ललितपुर । ललितपुर महानगरपालिका २६ मा बुदोकैदो क्लबको प्रथम साधारण सभा सम्पन्न भएका छन् । बुदोकैदो क्लबका अध्यक्ष विक्रम महर्जनको सभापत्विमा भएको हो । कार्यक्रमा बोल्दै अध्यक्ष महर्जनले खेलको लागि आर्थिक र खेलकुद सामाग्री सहयोग गरेमा यस्ता खेललाई उत्पति र विकास गर्ने प्रतिवद्धता दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले अहिले हरेक खेलमा विवाद भैइरहेकोले खेलाडीमा असर पारेको बताए । उनले यो खेल नेपाली भाषामा खेल्ने भएकाले गौरव भएको र खेल विकासमा गर्न सक्ने सहयोग गर्ने बताए ।
यस्तै, ललितपुर महानगरपालिका २६ वडाका अध्यष् सुरेस महर्जनले खेललाई सहयोग गर्ने तयारी भएकाले यसको लागि वार्षिक प्रतिवेदन पेश गर्न अनुरोध गरे । उनले अन्तर्राष्ट्रिय खेलमा भाग लिनका लागि आवश्यक कुराहरु वडामा आएर प्रष्ट पार्न सकिने बताए ।
कार्यक्रममा पूर्व प्रधानअध्यापक सोमाङ स्कुलका जित बहादुर घलेले आफू खेल प्रति माया भएकाले बुदोकैदो क्लबलाई २० हजार २२ रुपौयाँ सहयोग गरेका हुन् ।
बुदोकैदो अर्थात नेपाली मौलिक मार्सल आर्ट नेपालको झण्डा, भाषा, संस्कृति, परम्परागत हतियार, शैली प्रयोग हुने यो खेललाई विश्वका २७ देशले मान्यता दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij