Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वयमा ललितपुरमा क्रियाशील पत्रकारले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लास्थित राष्ट्रिय परिचयपत्र एकाइको प्राविधिक सहयोगमा आज जिल्लामा क्रियाशील एक सय ६३ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।
सरकारको अभियानमा पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।
उनले जनतालाई सुसूचित गर्ने पत्रकारहरूको समय र ब्यस्ततालाई हेक्का राखेर राष्ट्रिय परिचयपत्र बनाउन साथ दिएको बताए ।
राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचय एकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको बताए ।
“सरकारको राष्ट्रिय अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ”, राउतले भने, “समयमै राष्ट्रिय परिचयपत्र बनाए सहज हुनेछ ।” अन्य बेलामा प्रशासनमा भीडभाड बढी हुने भएकाले सार्वजनिक बिदाका दिन सेवा दिएको उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij