Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

शनिबार पत्रकारलाई सिडिओको दैलो खुल्ला

शनिबार पत्रकारलाई सिडिओको दैलो खुल्ला

  • काठमाडौं । पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाउन ललितपुरको जिल्ला प्रशासन कार्यालय शनिबार खुल्ने भएको छ । नेपाल पत्रकार महासंघको समन्वयमा प्रशासन खुल्न लागिएको सचिव रामहरि कार्कीले बताए ।

    images
    images
    images

    सो दिन बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारहरुले अनलाइन फारम भरेको विवरणको प्रिन्ट तथा विवाहिताको हकमा सक्कल विवाह दर्ता गरेको प्रमाणपत्र एवं सक्कल नागरिकता र अविवाहिताले भने सक्कल नागरिकता अनिवार्य लिएर आउन आग्रह गरिएको छ ।

    images

    ललितपुरका पत्रकारहरुलाई सहजताको लागि यो सेवा उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनलाइन पत्रिकालाई बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij