
Apr 26 2025 | २०८२, वैशाख १३ गते
आज सेयर बजारमा (बिहीबार) पनि गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यता कारोबार भएका सबै समूह पनि राताम्मै छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेको छ । नेप्से १.७७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.२५ अंकले घटेर ४१२.२५ विन्दुमा झरेको छ ।
कूल २१५ वटा कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार एक सय ७३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij