
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरपालिकाले पुनः एकान्तकुना र नख्खु क्षेत्रमा वान वे लागु गरेको छ । महानगरपालिकाको लागु गरेको 'वान वे' प्रहरीले हटाएको थियो । बढ्दो सवारी चापलाई ध्यानमा राखेर ललितपुर महानगरपालिकाले साउन १० गतेबाट नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ जाने चार पाङ्ग्रे सवारीसाधनलाई 'वान वे' गरेको थियो ।
महानगरपालिकाले वान वे गराउन राखिएको बोर्डलाई उठाएर प्रहरीले नगर प्रहरी बलको कार्यालयमा पु¥याएको थियो । प्रहरी स्रोतका अनुसार 'वान वे' को बोर्ड र प्लाष्टिकका डिभाइडर कहाँ राख्ने ? भनेर सोधेपछि नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले पुल्चोक कार्यालयमा पु¥याउन लगाएका थिए ।
'वान वे' बोर्ड पुल्चोकमा पु¥याइएपछि बुधबार कार्यालय समयमा महानगरका मेयर चिरीबाबु महर्जन आफैले 'वान वे' बोर्ड बोकेर सो स्थानमा पुगेको थियो । प्रहरीले हटाएको बोर्डलाई मेयर महर्जनले पुनः लगेर 'वान वे' गराएको क्षेत्रमा पुगेर राखेका हुन् ।
ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए ।
यो पनि पढ्नुस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij