
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । आज साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ६.७१ अंक (०.३१ प्रतिशत) ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ । व्यापार, हाइड्रोपावर र लघुवित्त उपसूचक भने बढेको छ ।
बुधबार ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजारको कारोबार भएको छ । जसमा शिवम् सिमेन्टको सर्वाधिक २५ करोड ३४ लाख ३० हजारको कारोबार हुँदा अपी पावर कम्पनीको १५ करोड १७ लाखको कारोबार भएको छ ।
बुधबार बजारमा कुल १८० कम्पनीको सेयर कारोबार भएकोमा ९६ कम्पनीको सेयरमूल्यवृद्धि ७७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकोमध्ये सामलिङ पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ । यस्तै युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य ८.९६ प्रतिशतले बढेको छ।
यता स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य ३.९२ प्रतिशतले गिरावट हुँदा गुडविल फाइनान्सको सेयरमूल्य ३.४३ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij