Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

  • काठमाडाैँ । आज सुनचाँदीको मूल्यमा गिरावट  आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

    images
    images
    images

    यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।

    यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij