Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

आयात प्रतिबन्धले घट्यो राजस्व

आयात प्रतिबन्धले घट्यो राजस्व

  • काठमाडौँ । विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको असर भन्सार महसुलमा देखिएको छ । जसको परिणाम गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले लिएको भन्सार राजस्वको लक्ष्य पूरा हुन सकेन ।

    images
    images
    images

    अर्थ मन्त्रालयका अनुसार दुई खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म दुई खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । लक्ष्यको तुलनामा ३७ अर्ब १४ करोड रुर्पैयाँ कम हो ।

    images

    भन्सार महसुलअन्तर्गत आयातबापत सरकारले एक खर्ब ८७ अर्ब ३१ करोड रुपैयाँ सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा २६ अर्ब ४८ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षमा सरकारले आयातबाट दुई खर्ब १३ अर्ब ७९ करोड रुपैयाँ भन्सार महसुलको लक्ष्य राखेको थियो ।

    गत वैशाख १४ गते सरकारले विभिन्न दस वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । यसलाई भदौ १४ गतेसम्म कायम हुने गरी साउनदेखि संशोधनसहित निरन्तरता दिइएको छ ।

    यसअनुसार १५० सीसीभन्दा माथिका मोटरसाइकल, तीन सय डलरमाथिका मोबाइल, कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तिजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, एम्बुलेन्स र शववाहनबाहेक जिप कार र भ्यान, सबै प्रकार खेलौना र तासको आयातमा प्रतिबन्ध लगाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij