
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । गोदावरी नगरपािलका ११ चापागाउँमा एक महिनासम्म गुँला धर्म देशना कार्यक्रम गरेका छन् । उक्त कार्यक्रम बौद्ध शान्ति बिहार, बुलुको आयोजनामा भएको हो । प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म धर्म देशना कार्यक्रम हुने आयोजकले जानकारी दिए । उक्त कार्यक्रममा धर्म देशना र भजन कृति पनि हुने बौद्ध शान्ति बिहार, बुलुका प्रमुख भिक्षु सोरतले बताए ।
गुँला पर्व श्रावण शुक्ल प्रतिपदा देखि शुरु भएर भाद्र शुक्ल प्रतिपदा सम्म हुने गरिन्छ। एक महिनासम्म काठमाडौँ उपत्यकाका नेवार समुदायले गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहाः बहीमा गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । नेपाल भाषामा ‘गुँ’को अर्थ नौ (गुण) र ‘ला’को अर्थ महिना (थाप्ने) भनिन्छ। अर्थात, नौ महिनको पर्वमा गुण थापेर लिनु गुँला पर्वको अर्थ हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij