
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपरको पुल्चोक स्थित आकाशेपुलमा बत्ती जडान गरेको छ । उक्त पुलमा फोहोर भएको, साँझ पख महिलाहरु हिड्न असहज भएको सर्वसाधरणको गुनासोलाई ध्यानाआर्कषण गरी नगर प्रहरीले बत्तीको व्यवस्थापन गरेको हो ।
नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले आकाशे पुलमा पहिलो पटक बत्ती राखिएको अनलाइन पत्रिकालाई बताए । उनले भने,‘ पुलमा महिलाहरु हिड्न असहज भएको गुनासो आएपछि त्यसको सुरक्षाको लागि बत्तीका साथ नगर प्रहरीको पनि व्यवस्थापन गरिएको छ ।’
उक्त पुल सफा गरी पर्खालमा रङ्ग पनि लगाई सकेको नगर प्रमुख हाँछेथुले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij