Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

प्रतिनिधिसभा वैठक बस्दै

प्रतिनिधिसभा वैठक बस्दै

  • काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

    images
    images
    images

    आजको बैठकमा ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत् गर्ने बैठकको कार्यसूची रहेको छ ।

    आजकै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यो विधेयक आजै पारित गर्ने कार्यसूची पनि रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij