
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । गोदावरी नगरपालिका १२ ठेचोमा नवदुर्गा भवानी देवीको मन्दिरको ढोकामा ताल्चा लगाएसँग बाह्रबर्षे जात्रा सुरु भएको छ । साउन १० गते रातिदेखि नवदुर्गा भवानीदेवी मन्दिरको ढोकामा ताल्चा लगाएसँगै जात्रा सुरु हुने भएको नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले बताए । देवीलाई गुप्तवास राखेर हिजो लगाएको ताल्चा एक महिनापछि पञ्चदानका दिनमा खुल्ला गरिने मालीले बताए ।
यो जात्रा फागुनसम्म मनाइने र जात्रा अवधिभर २८ पूजा हुने समितिले जनाएको छ । जात्रा प्रारम्भ भएसँगै ठेचोमा बाजागाजा, ताली, सिट्टी बजाउने, विवाह, व्रतबन्ध, वारव्यार, भोजभटेर, खुट्टा झुन्ड्याएर बस्ने, बास बसाल्ने गरी पाहुना सत्कार गर्न नहुने र राति ९ बजे देखि बिहान ४ बजेसम्म हिँडडुल नहुर्ने धार्मिक मान्यता छ ।
जात्राको पुर्वसन्ध्यामा श्री नवदुर्गा भवानी देवि गुठीले एक सूचना प्रकाशित गरेर विभिन्न गतिविधिमा निषेध गरेको छ । सूचनामा नियम पालन नगरेको खण्डमा अनिष्ट भएमा आफूहरु जिम्मेवार नहुने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij