
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर एकान्तकुना सडक र नख्खु चोक चौबाटो आजबाट एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गरी साउन १० गते मंगलबारबाट लागू हुने गरि बिहान ८ बजे देखि साँझ ८ बजेसम्म सडकलाई एकतर्फी बनाइएको जानकारी दिएको छ ।
नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधन र ललितपुरको भनिमण्डल चोकबाट नख्खु चोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरिएको छ। बढ्दो सवारी चाप र हुनसक्ने सम्भावित दुर्घटना रोक्न यो सडक एकतर्फी बनाइएको महानगरले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij