Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

पोखरीमा डुबेर तीन जनाको मृत्यु

पोखरीमा डुबेर तीन जनाको मृत्यु

  • काठमाडौँ । धनुषा र रौतहटमा डुबेर तीन जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका-९ क्वाटर टोलस्थित सार्वजनिक पोखरीमा डुबेर आइतबार दुई जनाको मृत्यु भएको हो । 

    images
    images
    images


    मृत्यु हुनेमा सोही ठाउँ बस्‍ने शेरू राना मगरकी छोरी १३ वर्षीया कुसुम राना मगर र रस्मित मगरकी छोरी १२ वर्षीया स्वीकृती मगर रहेका छन् । 

    पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    रौतहटको वृन्दावन नगरपालिका-६ बस्‍ने शेख मनिरको छोरा ८ वर्षीय शेख जबि उल्लाको आफ्नै घर नजिक नहरमा डुबेर आइतबार मृत्यु भएको छ । 

    दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij