Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

‘पाको पार्क’ बनेपछि ठेचोबासी दंग (फाेटाेफिचर)

‘पाको पार्क’ बनेपछि ठेचोबासी दंग (फाेटाेफिचर)

  • ललितपुर । ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘पाको पार्क’ उद्घाटन गरेकी हुन् । भुसालले विकास निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

    images
    images
    images

    रु ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायामका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको आयोजकले जानकारी दिए।
     
    बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले पार्कलाई २४सै घण्टा प्रयोग गर्न सकिने गरी सिसीटिभी र बिजुली बत्तीको उपयुक्त व्यवस्था गरिने बताए ।

    कार्यक्रममा वडा  १२ का वडाध्यक्ष जगत बहादुर महर्जनले वडाको विकासमा सङ्घ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको जानकारी दिए । 

    यस्तै, पाको पार्क निमार्ण उपभोक्ता समितिका अध्यक्ष न्हुच्छे बहादुर महर्जनले मुख्य व्यायाम पार्कका साथ बालबालिकालाई केन्द्रित बनाएर खेल्ने र अभिभावकलाई पनि  शारिरीक रुपमा स्वस्थ बनाउनका लागि पार्क निमार्ण गरेको बताए ।

    294812963_622910715657202_1613196740864051006_n.jpg

    294733371_537864568083125_5302741338688024264_n.jpg

    294255485_439166111407351_4027889117060626944_n.jpg

    295430969_1100115870587222_6472529105756003751_n.jpg

    295663700_585477513106692_7035599372953876555_n.jpg 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij